Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखरामाथि काठमान्डुको फराकिलो जित

पोखरामाथि काठमान्डुको फराकिलो जित

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमान्डु गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ ।

१३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाउँदै पूरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेसँगै काठमान्डुको सम्भावना बढेको छ।

काठमान्डु ले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ।

यता अन्तिम खेलअघि चार अंक मात्र जोडेको पोखरा भने बाहिरिने संघारमा पुगेको छ।जित्नै पर्ने खेलमा पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमान्डुले ४ विकेटको क्षतिमा १४.१ ओभरमा पूरा गर्‍यो।

काठमान्डुका लागि ओपनर स्टेफन इस्किनाजीले ३४ बलमा १० चौका प्रहार गर्दै ६० रन जोडे। अर्का ओपनर माइकल लेभिटले १८ बलमा ३२ रन बनाए।

भीम सार्की २२ रनमा आउट भए भने इरासमसले नटआउट २५ रन बनाए। बलिङमा पोखराका विपिन खत्रीले ३ विकेट लिए।

उनले ३ ओभरमा १९ रन खर्चिए। टस जितेको काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन जोड्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077