Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको ३०औं स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं महानगरपालिकाको ३०औं स्थापना दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३० औं महानगर दिवस मनाउँदैछ ।

दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र साँस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने महानगरले जनाएको छ ।

बिहान ९ बजेदेखि नै टुँडिखेलमा मौलिक खाना महोत्सव हुनेछ । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने महानगरले जनाएको छ।

सांगीतिक कार्यक्रम दिउँसो ३ बजे शुरु हुनेछ। सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077