Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिमका अर्थमन्त्रीले भावनासँग कसे लगनगाँठो, यस्तो छ ६५ वर्षमा विवाह गर्नुको अन्तर्य !

सुदूरपश्चिमका अर्थमन्त्रीले भावनासँग कसे लगनगाँठो, यस्तो छ ६५ वर्षमा विवाह गर्नुको अन्तर्य !

शुक्रवार , मंसिर २८, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार ६५ वर्षको उमेरमा कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग लगनगाँठो कसेका हुन् ।

मन्त्री थापा यसअघिसम्म विवाह नगरी अविवाहित बसेको थिए । उनी विवाह नगर्ने अडानमा थिए । तर उनले वुवाको इच्छा पूरा गर्न विवाह गरेको बुझिएको छ । मन्त्री थापाका बुवा अहिले विरामी रहेको बताइएको छ ।

वि.सं. २०१६ चैत १ गते बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका मन्त्री थापा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा बसोबास गर्दै आएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । हाल उनले सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077