Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

शुक्रवार , मंसिर २८, २०८१

सुनसरी । धरानमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका-२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका-६ जरायोटारका ३७ वर्षीय अमृत रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले २८ वर्षीया श्रीमती सम्झना रसाइलीको हत्या गरेको आरोप छ।

अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्याको खबर पछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077