काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जितका लागि विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई १८२ रनको विशाल लक्ष्य दिएको हो ।
विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पार्र्यो। विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे।
उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे। राजेश पुलामीले २० बलमा एक चौका र ३ छक्का प्रहार गरी ३३ रन जोडेर नट आउट रहे।
मार्टिन गप्टिलले ३५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन जोडे। तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए। कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए। चितवनका लागि आजको खेल जित्नुपर्ने दबाब छ।