Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

त्रिविमा मेरिटोक्रेसीका आधारमा रिक्त डीनहरूको नियुक्ति गर्न प्रधानमन्त्री ओलीको निर्देशन

त्रिविमा मेरिटोक्रेसीका आधारमा रिक्त डीनहरूको नियुक्ति गर्न प्रधानमन्त्री ओलीको निर्देशन

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न निर्देशन दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको सिनेट बैठकमा बोल्दै त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले एक्त निर्देशन दिएका हुन्।

ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताए।

बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन दिए।

उनले सिनेट बैठकहरूलाई दिनभर छलफल र विवाद गर्ने ढाँचामा नभई मर्यादित, व्यवस्थित, रचनात्मक र परिपक्व रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पर्याप्त गृहकार्य गरेर कार्यसूची ल्याउन पदाधिकारीहरूलाई आग्रह गरे।

सिनेटका सदस्यहरूले पनि सकारात्मक परिणाम ल्याउने कार्यसूची ल्याउन सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077