Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा सहभागी भएका छन् ।

उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीमार्फत कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे ।

सो समारोहमा काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077