काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गुर्खाजलाई लुम्बिनीले १०३ रनमै अलआउट गरेको हो ।
काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भयो। काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरे।
पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहदा आउट भए। उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरे। छैटौं ओभरमा साद बिन जफरले दुई विकेट लिएपछि काठमाडौं दबाबमा आयो।
जफरले गेरार्ल्ड इरासमसलाई १ रनमा सन्दीप जोराबाट क्याच गराउदा चार बलपछि सुमित महर्जनलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे।
१३औं ओभरमा डान डाउनवैटलाई विवेक यादवले कप्तान रोहितकुमार पौडेलबाट २१ रनमा क्याच गराए। उनले २४ बलमा २ छक्का प्रहार गरे।
अर्को ओभरमा रसिद खान १ रनमा रोहितबाट रनआउट भए। १६औं ओभरमा काठमाडौंका कप्तान करण केसीलाई १ रनमा सूर्य तामाङले जोराबाट क्याच गराउँदा खेलमा लुम्बिनी हाबी भएको थियो।
१८औं ओभरको अन्तिम बलमा भीम सार्की ३१ रनमा आउट भए। उनलाई सान बिनको बलमा विकेटकिपर अर्जुन साउदले स्टमपिन गरे। भीमले ४० बलमा १ चौका प्रहार गर्न सके। यो ओभरको अन्तिम बलमा शाहब आमल ५ बलमा ८ रन जोडेर आउट भए।
अन्तिम ओभरको दोस्रो बलमा प्रतिक श्रेष्ठलाई २० रनमा सिमन्ड्सले बोल्ड गरे। प्रतिकले १४ बलमा २ छक्का प्रहार गरे।
बलिङमा लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिए। सिमन्ड्स र अभिसेष गौतमले २/२ विकेट लिन सफल भए। सूर्य तामाङ र विवेक यादवले १/१ विकेट लिन सफल भए।
Leave a Reply