Online Nepal
  • बुधबार, २६ मंसिर २०८१
  • प्रधानमन्त्री ओलीसमक्ष प्रमुख सूचना आयुक्त आचार्यले लिए शपथ

    प्रधानमन्त्री ओलीसमक्ष प्रमुख सूचना आयुक्त आचार्यले लिए शपथ

    अनलाइन नेपाल
  • बुधबार, २६ मंसिर २०८१
  • 108
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराए।



    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।

    शपथपछि शुभकामना दिंदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए ।

    मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार