Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : तराई र काठमाडौँ उपत्यकामा हुस्सु, सतर्कता अपनाउन अनुरोध

आजको मौसम : तराई र काठमाडौँ उपत्यकामा हुस्सु, सतर्कता अपनाउन अनुरोध

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।

बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077