Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

संक्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल

संक्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

७६ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी पदपूर्ति गर्ने काम गरिरहेको उपप्रधानमन्त्री पौडेलले बताए।

सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानवअधिकार आयोगको सुझाव तथा सिफारिस, अन्तर्राष्ट्रिय मापदण्ड, देशभित्र मेलमिलाप र शान्ति हासिल गर्ने लक्ष्यअनुरुप संक्रमणकालीन न्यायलाई पीडितमैत्री रूपमा व्यवस्थापन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077