Online Nepal
  • बुधबार, १० पुष २०८१
  • लुम्बिनी लायन्सले दियो चितवन राइनोजलाई १६८ रनको लक्ष्य

    लुम्बिनी लायन्सले दियो चितवन राइनोजलाई १६८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, २५ मंसिर २०८१
  • 126
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले चितवनलाई १६८ रनको लक्ष्य दिएको हो ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो ।



    पाचौँ विकेटका लागि कप्तान रोहित पौडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए।  लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो। कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो।

    उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४।१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए।

    जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे। ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रन्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए।

    ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए। सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।

    टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए। चितवनका रिजन ढकालले तीन विकेट लिए।

    कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे। सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेट विहिन रहे। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार