Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतवार , मंसिर २३, २०८१

बाजुरा। बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077