Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कपिलवस्तुमा कार र बस ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तुमा कार र बस ठोक्किँदा दुई जनाको मृत्यु

शनिवार , मंसिर २२, २०८१

कपिलवस्तु । भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत गुलरीमा बस र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका–३, गुलरीमा बस र कार एकापसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

भैरहवादेखि तौलिहवा आउँदै गरेको लु२ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवा जाँदै गरेको बा१४च ७४४८ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिएको थियो ।

बसको ठक्करबाट कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुर बस्ने ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्यूठानको पकला–७ बस्ने ४३ वर्षीय निमबहादुर सारुको मृत्यु भएको हो ।

कारसँगै लु३८प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077