Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वडाध्यक्ष गिरीको निधनमा गाउँपालिकाले दियो शोक विदा

वडाध्यक्ष गिरीको निधनमा गाउँपालिकाले दियो शोक विदा

शनिवार , मंसिर २२, २०८१

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनमा गाउँपालिकाले आइतबार शोक विदा दिएको छ।

अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार आइतबार शोक विदा दिइएको छ। साथै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ।

विगत दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार दोदोधरा अस्पताल बौनियामा निधन भएको हो।

उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077