Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पहाडी भेगमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

पहाडी भेगमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली रहेको छ । जसकारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले आइतबार साँझदेखि नेपालका धेरै स्थानमा थप बदलीको सम्भावना रहेको जनाएको छ ।

आइतबार साँझदेखि सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077