Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

शुक्रवार , मंसिर २१, २०८१

काठमाठौं । वैदेशिक रोजगारका लागि सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन्।

पक्राउ परेकामध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रुपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077