Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • लुम्बिनी लायन्समाथि विराटनगरको रोमाञ्चक जित

    लुम्बिनी लायन्समाथि विराटनगरको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • बुधबार, १९ मंसिर २०८१
  • 450
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्समाथि विराटनगर किंग्सले रोचक जित निकालेको छ ।

    लगातार दुई खेल हारेको विराटनगरले लुम्बिनी लायन्सले दिएको १९२ रनको चुनौती पार गर्न सफल भएको हो ।



    लुम्बिनीले भने एनपीएलको पहिलो खेलमा नै हार भोगेको छ। विराटनगरको यो एनपीएलको तेस्रो खेलमा पहिलो जित हो।

    लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का सहयोगमा ७१ रन बनाउँदै पेभेलियन फर्के।

    मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए। बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे। प्रतिस जिसी ६ रनमा पेभेलियन फर्के।

    लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट हात पारे। साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए। विवेक यादवले एक विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो।

    एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको थियो । यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार