काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजविरुद्ध कर्णाली याक्सले तेस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको कर्णालीका लागि तेस्रो विकेटका रुपमा बाबर हायात १३ रनमा आउट भए । उनलाई दिपेश कँडेलले आउट गरे ।
यसअघि दोस्रो विकेटका रुपमा चाडविक वाल्टन २१ रनमा आउट भए । उनलाई काठमाण्डुका गेर्हार्ड इरास्मसले क्याच आउट गराए ।
त्यस्तै पहिलो विकेटका रुपमा देव खनाल शुन्य रनमा आउट भए । उनलाई काठमाण्डुका करण केसीले एलबीडब्लू धरापमा पारे ।
यो समाचार तयार पार्दासम्म कर्णाली १० ओभरमा तीन विकेटको क्षतिमा ५७ रन बनाएर खेलिरहेको छ ।
Leave a Reply