काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे खेल सुरु हुनेछ ।
चितवनले सोमबार आफ्नो पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई पराजित गर्दै सुखद विजयी सुरुवात गरेको थियो । पोखराको भने लिगमा यो पहिलो खेल हो ।
चितवन आज दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने लक्ष्यमा छ । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।
उनीहरुबीचको कप्तानीमा रहेका टीमको आज रोचक भिड्न्त हुने अनुमान गरिएको छ । हिजो काठमाण्डु गुर्खाजविरुद्ध पाँच विकेट लिएका चितवन राइनोजमा अनुबन्ध पाकिस्तानी बलर सोहिल तनवीरले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
आज पनि उनले आफ्नो अनुभवलाई जाँदुमय रुपमा देखाउने अनुमान गरिन्छ । अनौठो देव्रेहाते बलिङ उनको हतियार हो । ब्याटिङमा चितवनले पहिलो खेलकै अर्डरलाई निरन्तरता दिने देखिन्छ ।
दीपक र हसनले ओपन गर्दा कुशल मल्ल, लुक, रवि बोपारा र शरद त्यसपछि आउने छन् । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।
Leave a Reply