Online Nepal
  • बुधबार, १९ मंसिर २०८१
  • आज अमेरिकी डलर बढ्दा घट्यो युरो, कतिमा हुँदैछ खरिदबिक्री ?

    आज अमेरिकी डलर बढ्दा घट्यो युरो, कतिमा हुँदैछ खरिदबिक्री ?

    अनलाइन नेपाल
  • मंगलबार, १८ मंसिर २०८१
  • 93
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयांक, सिंगापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्यवृद्धि भएको छ । युरोपियन युरो, स्वीस फ्रयांकलगायतको मूल्य घटेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ ।



    युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ९३ र बिक्रीदर एक सय ७२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।



    स्वीस फ्रयांक एकको खरिददर एक सय ५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

    केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिदार एक सय रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ आठ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९४ पैसा कायम गरिएको छ । यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

    साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ नौ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ र बिक्रीदर चार सय ४१ रुपैयाँ २४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ६५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ २४ पैसा कायम गरेको छ ।

    ओमानी रियाल एकको खरिददर तीन सय ५१ रुपैयाँ २३ पैसा र बिक्रीदर तीन सय ५२ रुपैयाँ ७९ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार