Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सत्ता गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा नरपुरा बुढा विजयी

सत्ता गठबन्धनलाई हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा नरपुरा बुढा विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । रुकुम पुर्व पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादीको नरपुरा बुढा विजयी भएकी छन्।

कांग्रेस-एमाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले हराउँदै पुथा उत्तरगंगाको उपाध्यक्षमा बुढा विजयी भएकी हुन्।

नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् । कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् ।

एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्र‍ेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी थिइन् । यसअघि यस पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077