Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कीर्तिपुरमा कांग्रेसका कृष्णमानको अग्रता कायमै, ५ सय मतान्तरले पछाडि परे सुरेन्द्र

कीर्तिपुरमा कांग्रेसका कृष्णमानको अग्रता कायमै, ५ सय मतान्तरले पछाडि परे सुरेन्द्र

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् ।

कांग्रेसका डंगोलले ५ सय मतान्तरले अग्रता लिएका हुन्।

सोमबार मध्याह्नसम्म डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३७८ मत पाएका छन्। उनीहरूबीच ५१४ मतको अन्तर छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन तेस्रो स्थानमा छन्। उनले ११८८ मत प्राप्त गरेका छन्। चौथो र पाँचौं स्थानमा स्‍वतन्त्र उम्मेदवार छन्।

चौथोमा राजमान महर्जनले ७३६ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077