काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहान ११ बजे आधा घण्टा बन्द हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिन लागेको हो ।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका छन् ।
प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान-अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसका लागि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नोटिस फर एयरमेन (नोटाम) जारी गरिसकिएको छ ।
नोटाम अनुसार अहिले बिहान १०:३५ बजेबाट ११:०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान-अवतरण हुँदैन ।
Leave a Reply