Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरबाट ५६ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरबाट ५६ किलो गाँजासहित दुई जना पक्राउ

आइतवार , मंसिर १६, २०८१

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब ५६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २७ वर्षीय अनिलकुमार थिङ र सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय राजेन्द्र मुक्तान रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सिमपानीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटभन्दा माथि क्यबिनमा प्लास्टिक बेरेर लुकाइछिपाइ राखिएको उक्त गाँजा फेला पारी ट्रक चालक अनिल र ट्रकमा सवार राजेन्द्रलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077