Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्कोले पुरिँदा चारजना घाइते

सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्कोले पुरिँदा चारजना घाइते

शनिवार , मंसिर १५, २०८१

जाजरकोट । जाजरकोटमा माटोको ढिस्को खसेर चारजना पुरिएर गम्भीर घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्ग हुँदै जुनीचाँदे गाउँपालिका २ देसीपाटा सडक खण्डमा स्तरोन्नतिको काम गरिरहेका कामदार माटोको ढिस्को खसेर पुरिएका हुन् ।

माटोको ढिस्कोले पुरिएर घाइते हुनेमा जुनीचाँदे गाउँपालिका २ का ३२ बर्षिय रामबहादुर वड, २५ बर्षिया निर्मला शाही, २२ बर्षिया फुलमाया लुहार, ३५ बर्षिय नरबहादुर वड रहेका छन् ।

शनिवार विहान छेडागाड नगरपालिका २ सुयाडाबाट मजकोट जोड्ने सडकमा श्रम रोजगारी गर्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077