Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शनिवार , मंसिर १५, २०८१

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पनि निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले इन्धनको मूल्य बढाएको जनाएको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ लिटरमा २ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ ।

हवाई इन्धन पोखरा र भैरहवाका लागि लागत मूल्यमै बिक्री गर्ने निगमले शनिबार साँझ जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077