Online Nepal
  • शनिबार, २० पुष २०८१
  • रामेछाप गाडी दुर्घटना : वडाध्यक्षसहित पाँचै जनाको सनाखत, तीन जनाको ट्रमामा उपचार हुँदै

    रामेछाप गाडी दुर्घटना : वडाध्यक्षसहित पाँचै जनाको सनाखत, तीन जनाको ट्रमामा उपचार हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १५ मंसिर २०८१
  • 192
    SHARES

    काठमाडौं । रामेछापमा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मृतक पाँच जना र घाइते दुई जना रामेछापकै स्थानीयबासी हुन् भने घाइते एक जना कास्की जिल्लाको रहेको प्रहरीले जनाएको छ ।

    हिजो रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडास्थित खिम्ती–बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो।



    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेहरुमा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित सोही गाउँपालिकाका चार जना रहेका छन् । जसमा वडा नं. ५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र वडाध्यक्ष बस्नेतकै वडा बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन्। त्यसैगरी अर्का एक जना भने मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।



    पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ। दुर्घटनामा घाइते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ।

    घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका–४ का ४ वर्षीय बालक (मृतक सविनाका छोरा) रविन विक र गोकुलगंगा गाउँपालिका–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की छन्।

    उनीहरू सबैको काठमाडौंको ट्रम सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार