Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

    उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १२ मंसिर २०८१
  • 369
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।

    विद्युत प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुलीको बक्यौता विवादमा रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको हो ।



    मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाई पत्र लेख्दै उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो ।

    आज बसेको बोर्ड बैठकले उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको हो। नियमन आयोगले विवादमा रहेका उद्योगको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

    मन्त्रालयले गठन गरेको प्राविधिक समितिको अध्ययनबाट विवाद रहेको उद्योगहरूले बढी पैसा तिरेको पाइए पछाडिको बीलमा त्यो समायोजन गर्न पनि प्राधिकरणलाई आयोगले निर्देशन दिएको थियो।

    योसँगै अध्ययन प्रतिवेदन नआएसम्म प्राधिकरणले लाइन नकाट्ने भएको छ। यस अगाडि कात्तिक २९ गते प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न सूचना निकालेको थियो।

    कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले २४ घण्टामा काटिएको लाइन जोड्न, टीओडी मिटरको आधारमा १५ दिनमा बक्यौता उठाउने र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार