Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

तोलामा ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

सोमबार र मंगलबार निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य आज फेरि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ।

मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो।

यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077