Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • परराष्ट्रमन्त्री आरजुको चीन भ्रमण स्वीकृत

    परराष्ट्रमन्त्री आरजुको चीन भ्रमण स्वीकृत

    अनलाइन नेपाल
  • सोमबार, १० मंसिर २०८१
  • 243
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । अब परराष्ट्र मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन् ।



    परराष्ट्र मन्त्रीको टोलीमा रहने व्यक्तिहरूको भ्रमण पनि स्वीकृत गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने चीन भ्रमणको पूर्व तयारीका लागि परराष्ट्र मन्त्री बेइजिङ जान लागेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार