Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्थगित भयो परराष्ट्रमन्त्री राणाको जापान भ्रमण, अब बिहीबार चीन जाने

    स्थगित भयो परराष्ट्रमन्त्री राणाको जापान भ्रमण, अब बिहीबार चीन जाने

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 300
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान भ्रमण स्थगित गरेकी छन् । स्वास्थ्य परीक्षण गर्न उनी मंसिर १० गते जापान जाने कार्यक्रम तय भएको थियो ।

    तर डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गरेकी हुन् ।



    अब प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने औपचारिक चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार बेइजिङ जाने स्रोतले बतायो ।



    यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने परराष्ट्रमन्त्री राणाको तयारी थियो ।प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार