Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • फोहोर व्यवस्थापन समितिको बैठकमा मेयर बालेन अनुपस्थित

    फोहोर व्यवस्थापन समितिको बैठकमा मेयर बालेन अनुपस्थित

    अनलाइन नेपाल
  • आइतबार, ९ मंसिर २०८१
  • 339
    SHARES

    काठमाडौं । फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक सुरु भएको छ ।

    शहरी विकास मन्त्रालयमा जारी बैठकमा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहित ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन सहभागी छन् ।



    बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् ।



    यसैगरी धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् ।

    बैठकमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहा (बालेन) भने उपस्थित छैनन्। काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी छन् ।

    बैठकमा हालसम्म भएका निर्णयहरुको समीक्षाका साथै बञ्चरेडाँडा ल्याण्डफिल साइटको हालको अवस्थाको छलफल र समाधानका उपायबारे छफलल गर्ने मुख्य एजेण्डा छ ।

    तेस्रो एजेण्डा काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन समस्या समाधानका लागि भावी कार्यदिशा समेत छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार