Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्ष छान्न अर्थ मन्त्रालयमा अन्तर्वार्ता

धितोपत्र बोर्डको अध्यक्ष छान्न अर्थ मन्त्रालयमा अन्तर्वार्ता

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता भइरहेको छ । अन्तर्वार्तामा बिहान ८ बजे भइरहेको हो ।

आजको अन्तर्वार्तामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी उपस्थित छन् ।

तर नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) का अध्यक्ष चिरञ्जीवी चापागाईं भने अन्तर्वार्तामा सहभागी छैनन् ।

मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा बोलाएको थियो।

उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो ।

गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त भएको उक्त पदमा अहिलेसम्म पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077