Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि आज तीन जनाको अन्तर्वार्ता लिइँदै

धितोपत्र बोर्ड अध्यक्षका लागि आज तीन जनाको अन्तर्वार्ता लिइँदै

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आज तीनजनासँग पुनः अन्तर्वार्ता लिइँदै छ ।

अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका उनीहरुलाई अध्यक्ष सिफारिस समितिले आज पुनः अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो ।

समितिले उनीहरूलाई बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो ।

तर, समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगन गरिएको थियो । सिफारिस समितिका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।

गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त भएको उक्त पदमा अहिलेसम्म पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077