Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • भट्टचनको अर्बौं अपचलनमा शेरचनको साथ, राष्ट्र बैंक र प्रहरी नै रमिते !

    भट्टचनको अर्बौं अपचलनमा शेरचनको साथ, राष्ट्र बैंक र प्रहरी नै रमिते !

    अनलाइन नेपाल
  • शुक्रबार, ७ मंसिर २०८१
  • 9.2K
    SHARES

    काठमाडौं । प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु मेनेजमेन्न्टमा गरेका बद्मासीका फेहरिस्तहरु नेपाल राष्ट्र बैंकदेखि केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंसम्म पुगेपनि शक्ति, पहुँच र प्रभावकै कारण भट्टचन कारबाहीबाट जोगिदै आएका छन् ।

    नेकपा एमालेका समानुपातिक सांसद समेत रहेका भट्टचन प्रभु मेनेजमेन्टको १ अर्ब ९ करोड १९ लाख रकम अपचलनमा मुछिएका व्यक्ति हुन् ।



    प्रभु मेनेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष तथा प्रभु मनी ट्रान्सफरका लगानीकर्ता एवं अध्यक्ष समेत रहेका भट्टचनले देशभरका विभिन्न सहकारीबाट रेमिट्यान्सले भुक्तानी दिएको १ अर्ब बढि रकम हिनामिना गरेको भन्दै प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै उजुरी दिएको महिनौ वितिसकेको छ ।



    सरकारी वकिल कार्यालयले उक्त उजुरीमाथि छानविन गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाए पनि प्रहरीले कारबाही प्रकृया अगाडि बढाएको छैन ।

    प्रभु मेनेजमेन्टबाट भट्टचन ग्रुपको सेयरहरू सोही कम्पनीमा कार्यरत कर्मचारी हेम महाजु, श्रुती तामाङ, गणेश घिमिरे र कुसुम लामालगायतमा रहस्यमय तरिकाले सारिएको थियो ।

    उक्त शेयर खरिद गराउन भट्टचनको निर्देशनमा सहायक प्रवन्ध निर्देशक रामेश्वर सापकोटाले प्रभु मनी ट्रान्सफरबाट ६ करोड रकम प्रभु मेनेजमेन्टको नाममा पेश्की हाल्न लगाएका थिए ।

    कम्पनी समस्यामा परेपछि भट्टचन प्रभु मेनेजमेन्ट आफूले छाडिसकेको भन्दै कम्पनीसँग कुनै सम्बन्ध नरहेको बताउँदै हिंडेका छन् । तर, तलका यी तथ्यहरुले उनको प्रभु मेनेजमेन्न्टसँग कस्तो सम्बन्ध थियो र किन छाडे भन्ने कुरालाई उजागर गर्छ ।

    भट्टचनको शेयर किन्ने मिजास भट्टचन भन्ने पात्र को हुन् ? मिजासलाई भट्टचनको शेयर नामसारी गर्दा उनको उमेर कति थियो ? शेयर किन्ने रकमको स्रोत के हो ? त्यस्तै मिजासले शिक्षा भट्टचन(देवी भट्टचनकी छोरी)को नाममा शेयर नामसारी गर्नुको कारण के हो ? शिक्षाले २०७७ असार २४ गते प्रभु मनी ट्रान्सफरबाट पैसा पठाउन लगाएर कर्मचारीहरुको नाममा जवर्जस्ती एड्भान्स लिन लगाई नक्कली नामसारी किन गरिन् ? यी तथ्यहरुलाई राष्ट्र बैंक र सीआईबीले अनुसन्धान गर्ने हो भने भट्टचन को हुन् भन्ने प्रष्ट पार्छ ।

    भट्टचन समूहको शेयर नामसारी गरेका प्रभु मेनेजमेन्नटका कर्मचारीहरुले पैसा फिर्ता दिन सकेका छैनन् । कम्पनीको ऋण पनि अझै बोक्न पर्यो भनेर उनीहरुले हुलाक कार्यालयमार्फत सीआईबीमा भट्टचन र छोरीविरुद्ध उजुरी हालेका छन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि उनीहरुले हुलाकमार्फत जाहेरी दिएका हुन् । तर, सीआईबीेले यसबारे चासो नदिएको उनीहरुको गुनासो छ ।

    सीआईबीका प्रवक्ता एसपी होमिन्द्र बोगटीले भने प्रभु मेनेजमेन्ट र भट्टचनको विषयमा आएको उजुरीबारे आफूलाई कुनै जानकारी नभएको अनलाइन नेपालसँग बताए ।

    भट्टचनले प्रभु मेनेजमेन्टमा धेरै कम्पनीहरुको शेयर रहेको बताउने गरेका थिए । तर, आफै कम्पनी जिम्मा लिई धमाधाम शेयर बेचेर सहकारीहरुलाई तिर्नुपर्ने अरबौं रकम नतिरी किन उनी ठगीको विल्ला भिरेर हिंडिरहेका छन् ? प्रभु समूहभित्रैबाट प्रश्न उठिरहेको छ ।

    त्यसो त प्रभु मनी ट्रान्सफरले प्रभु (यूएसए) बाट आठ मिलियन डलर बैंक ग्यारेन्टी लिएको तर उक्त बैंक ग्यारेन्टी नै नक्कली रहेको भन्दै प्रभु समूहभित्र हंगामा मच्चिएको छ । जुन प्रकरण अहिले राष्ट्र बैंकसम्म पुगेको छ । यसको छानविन रोकाउन भट्टचन र प्रभु बैंकका सीइओ अशोक शेरचन लागिपरेको स्रोत बताउँछ ।

    अर्कोतिर भट्टचन, प्रभु बैंकका सीइओ अशोक शेरचन र गुण एयरका मालिक राजेन्द्र शाक्यबीच अप्रत्यक्ष रुपमा रियल स्टेटमा साझेदारी रहेको प्रभु बैंक स्रोत बताउँछ । सोही कारण प्रभु मेनेजमेन्टको २७ करोड हिसाबको एड्भान्स मिलाउन भट्टचन र शेरचनले प्रभु बैंकबाट ऋण दिलाएका राजेन्द्र शाक्यलाई हातमा लिएर काम गर्दै आइरहेका छन् ।

    प्रभु बैंकले राजेन्द्र शाक्य र उनको समूहलाई तीन अर्ब ऋण दिएको छ । उक्त ऋण उठ्न सक्ने अवस्था छैन । तर, प्रभु मेनेजमेन्टको २७ करोडमध्ये झण्डै आधा रकम शाक्यले नै तिरिदिएर हिसाव मिलान गरेको स्रोतको दावी छ ।

    प्रभु मेनेजमेन्टको २७ करोड रकम भट्टचनकै समूहले जानकी मेडिकल कलेज, लाजिम्पाट अपार्टमेन्ट, हेलो पैसालगायतमा लगानी गरेको कुरा छानविनबाटै खुल्ने बैंकका एक उच्च अधिकारी दावी गर्छन् । हेलो पैसामा शेरचनकी श्रीमती सवी भट्टचनको पनि लगानी रहेको छ ।

    भट्टचन कारबाही परेको खण्डमा आफूपनि तानिने भएपछि प्रभु बैंकका सीइओ अशोक शेरचनले नै भट्टचनलाई राष्ट्र बैंकदेखि प्रहरीसम्म सेटिङ मिलाएर कारबाहीबाट जोगाउँदै आएका छन् ।

    राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीले प्रभु बैंकमा भट्टचन र शेरचनले गरेको अरबौं अपचलनलाई कहिलेसम्म ढाकछोप गर्लान ? अब त टाल्ने समय पनि सकियो होला भन्दै बैंकभित्रबाटै प्रश्न उठ्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार