Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोरङ प्रहरीले समात्यो पाँच दिनमै २८ फरार प्रतिवादी

मोरङ प्रहरीले समात्यो पाँच दिनमै २८ फरार प्रतिवादी

बुधवार , मंसिर ५, २०८१

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले पाँच दिनमै २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उनीहरुलाई फरकफरक स्थानबाट पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार लागूऔषध मुद्दाका ८, सवारी ज्यानका ४, केही सार्वजनिक अपराधका ३, चेक अनदार, लेनदेन र बैंकिङ कसुरका २र२ तथा काठ टुक्रा पारी ओसारपसार, नकबजनी चोरी, अभद्र व्यवहार, जालसाज, चोरी, बहुविवाह र कुटपिट अंगभंग मुद्दाका १र१ जनालाई पक्राउ गरिएको छ ।

उनीहरु सबैलाई १२ बर्ष ४ महिना १६ दिन सजाय र एक लाख ८९ हजार १०७ रुपैयाँ जरिवाना तोकिएको छ ।

उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा पेस गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077