Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पुराना दल र नेताहरुबाट देश विकास हुनै सक्दैन : राजेन्द्र लिङ्देन

पुराना दल र नेताहरुबाट देश विकास हुनै सक्दैन : राजेन्द्र लिङ्देन

बुधवार , मंसिर ५, २०८१

डोटी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पुराना दल र नेताहरुबाट देश विकास हुन नसक्ने बताएका छन्।

डोटीमा आयोजित पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अहिले सरकार चलाइरहेका दल र नेताहरुबाट देश विकास हुन नसक्ने अध्यक्ष लिङ्देनको भनाई छ ।

उनले अहिले सरकारमा र विपक्षमा रहेका दलहरुबाट देश विकास हुन्छ भन्ने विश्वास नभएको बताए ।

अध्यक्ष लिङ्देनले भने,‘केपी ओलीले अब कति वर्ष चलाइराख्न पाए भने यो देश बन्छ होला त, तपाईको सुखको दिन आउछन् होला त, हाम्रा युवाहरुले यही देशभित्र गरिखाने वातावरण बन्छ होला त ?, शेरबहादुर देउवालाई छैटौं–सातौं कति पटक प्रधानमन्त्री बनाइदिए यो देश बन्ला ? वा प्रचण्डलाई फेरि फर्काइदिए बन्छ होला ।’

कांग्रेस, एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरुमा पनि देश बनाउन सक्ने अनुहार नदेखिएको उनले बताए ।

कांग्रेस, एमाले र माओवादीलाई समय दिनु भनेको भावी सन्ततिको पनि भविष्य बर्बाद हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077