Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

९ अंकले नेप्से बढ्दा ७ अर्ब ९ करोडको सेयर कारोबार

९ अंकले नेप्से बढ्दा ७ अर्ब ९ करोडको सेयर कारोबार

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ९.०९ अंक बढेको छ । यस दिन नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको हो ।

नेप्से बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम भएको छ।

यसदिन ३२३ स्क्रिप्सको १ रोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँमा कारोबार भयो।

मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो। नेप्से एकल अंकले बढेपनि ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाइड्रोपावर डेभलपमेन्ट,सप्तकोशी डेभलपमेन्ट बैंक,महिला लघुवित्त वित्तीय संस्था,कर्णाली डेभलपमेन्ट बैंक र जानकाी फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।

आठवटा समूहको उपसूचक बढ्दा ५ वटाको उपसूचक भने नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंकको उपसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये १४३ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। बाँकी ११ वटाको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077