Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सरकारबाट हटेपछि प्रचण्डले फेरि सबै तिक्डम अपनाउँदैछन् : प्रदीप ज्ञवाली

सरकारबाट हटेपछि प्रचण्डले फेरि सबै तिक्डम अपनाउँदैछन् : प्रदीप ज्ञवाली

बुधवार , मंसिर ५, २०८१

काडमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तिकडम अपनाउन थालेको आरोप लगाएका छन् ।

एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले भने,‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ ।’

उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए ।

उनले केपी ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको संकेत देखिएको बताए। उनले सरकारले एकपछि अर्को गर्दै सुशासनको पक्षमा कदम चालेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077