Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

रुकुम पूर्वमा माओवादीले खाता खोल्यो, वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट खाता खोलेको छ।

पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।

वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका घर्तीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् ।

प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उप निर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार क। जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु।’

२०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077