Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मिथिला क्षेत्रमा आज अक्षय नवमी मनाइँदै

मिथिला क्षेत्रमा आज अक्षय नवमी मनाइँदै

आइतवार , कार्तिक २५, २०८१

धनुषा । मिथिलाञ्चल क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।

यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ। आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन्।

यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको छ ।

अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रले बताए।

खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077