Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुबई पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा दुबई पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले धादिङको गंगाजमुना गाउँपालिका-४ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई पक्राउ गरेको हो ।

गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

गुरुङमाथि परेको उजुरीका सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका गुरुङलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077