Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महोत्तरीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

शनिवार , कार्तिक २४, २०८१

धनुषा । महोत्तरीमा टिप्परले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बर्दीबास–५ स्थित टुटेश्वरको जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका हुन् ।

महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा सर्लाही ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ ।

ठक्करबाट महोत्तरी बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ।

घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077