Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दैलेख गाडी दुर्घटना अपडेट : चार जनाको मृत्यु, २५ घाइते

दैलेख गाडी दुर्घटना अपडेट : चार जनाको मृत्यु, २५ घाइते

शुक्रवार , कार्तिक २३, २०८१

सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको गाडी शुक्रबार दिउँसो २ः२० मिनेटमा दुर्घटनामा परेको थियो ।

गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लातर्फ दुर्घटना भएको र भिरबाट तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन्।

घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ। २९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077