Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

शुक्रवार , कार्तिक २३, २०८१

ताप्लेजुङ । ताप्लेजुङको काफ्लेपाटीमा पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

केबरकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच झडप भएको हो । पाथीभरा दर्शन केवलकार निर्माणको आज शिलान्यास गर्ने कार्यक्रम भएको थियो ।

निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए । मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ ।

पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि स्थानिय आन्दोलित हुँदै आएका छन् ।

दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077