Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जीबी राई पक्राउ नपर्नुमा कांग्रेस-एमालेकै हात रहेको सहकारी पीडितको आरोप

जीबी राई पक्राउ नपर्नुमा कांग्रेस-एमालेकै हात रहेको सहकारी पीडितको आरोप

शुक्रवार , कार्तिक २३, २०८१

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारी ठगीका मुख्य योजनकार जीबी राईलाई पक्राउ नपर्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् ।

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो ।

सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको उनीहरुले आरोप लगाएका छन् ।

जीबी राईलाई पक्राउ गरेर ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले जीबीलाई संरक्षण गरेको उनीहरुले आरोप लगाए ।

जीबी राईलाई नेपाल ल्याउँदा कांग्रेस एमालेका ठूला नेता पनि जोडिने देखिएकाले सबै मिलेर जीबी राईलाई संरक्षण गरिरहेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077