Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ऊर्जा राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा

ऊर्जा राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम/एनबी जेभीलाई कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सन राज्यमन्त्री पूर्ण बहादुर तामाङको हो भने एनबी कन्स्ट्रक्सन रमिला लामाको कम्पनी हो ।

सडक विभाग मातहतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन,तुम्लिङटारको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कम्पनीले काम लिएर अलपत्र पारेको छ ।

२ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । कान्छाराम तामाङ ‘क’ वर्गका ठेकेदार हुन् । उनी रामेछापबाट निर्वाचित सांसद हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित एक दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कारबाहीमा सहभागी हुन पाउँदैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077