Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन माग

दुई आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन माग

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि आवेदन आह्वान भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो ।

सोही आवेदनको आधारमा समितिले अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।

इच्छुक व्यक्तिले सात दिनभित्र सिंहदरबारस्थित सिफारिस समितिको सचिवालयमा आवेदन पेश गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077