Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077